राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा


बैकिङ्ग समाचार ।

धितोपत्र बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा भएको छ ।  

कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरण नेप्सेमा नपठाएकाले माघ १८ गते देखि दोस्रो बजारमा कारोबार रोकिएको थियो ।

अव कम्पनीले आव २०७५ / ७६ को  अपरिस्कृत वित्तीय विवरण तथा अन्य अपरिस्कृत त्रैमासीक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको लग इनबाट सम्पूर्ण लगानीकर्ताहरु र सरोकारवाला नियकायले अध्ययन गर्न सक्नेछन् ।

कम्पनीले आगामी दिनमा त्यस्ता विवरणहरु माग भए बमोजिम पठाउने प्रतिबद्धता गरेकाले रोक्का राखिएको धितोपत्रको कारोबार सञ्चालन गर्न अनुरोध गरेसँगै कारोबार फुकुवा भएको हो ।

कम्पनीले माघ २८ गतेको पत्रमार्फत वित्तीय विवरण पठाउन केहि ढिला भएको र कम्पनीको आव २०७५÷७६ को लेखापरिक्षण सम्पन्न गर्न करीब दुई महीना लाग्ने भनेर नेप्सेमा जानकारी गराएको थियो । उक्त कम्पनीको शेयर मूल्य करीब डेढ महीनापछि कारोबार खुला भएको हो ।