नेप्सेमा ५१.२३ अंकको गिरावट, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

नेप्सेमा ५१.२३ अंकको गिरावट, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


बैकिङ्ग समाचार ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ तर कारोबार रकममा भने सामान्य बृद्धि देखिएको छ।

आइतबार नेप्से सूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १०.१० अंकले घटेर ४३२.१३ विन्दुमा झरेको छ।

आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बढेको छ। अघिल्लो दिन बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार कारोबार रकम झण्डै ५ अर्ब पुगेको छ। आइतबार २११ वटा कम्पनीको ९९ लाख ३ हजार ४०४ कित्ता शेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यस दिन हाइड्रोपावर कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त उपसमूहको सूचक २.३२ प्रतिशतले बढेको छ भने चन्द्रागिरि हिल्सको शेयरमूल्य बढ्दा होटल एण्ड टुरिजम उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ।

  • पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये पाँच कम्पानीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरि हिल्स, अपर तामाकोसी, पञ्चकन्यामाई हाइड्रोपावर, घलेम्दि हाइड्रोपावर र रैराङ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो।

यता,हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ९.८६ प्रतिशतले घटेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ७.९५ प्रतिशत, नेपाल दुरसञ्चार कम्पनीको ६.५६ प्रतिशत,शिखर इन्स्योरेन्सको ६.५५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.०८ प्रतिशतले घटेको छ।

 

यस दिन अपर तामाकोसीको सबैभन्दा धेरै ४४ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २७ करोड ५६ लाख, नविल बैंकको २० करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ६७ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १६ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।