बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार दुई ओटा बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
एनएमबि बैंक र ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । एनएमबि बैंकको १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता बोनस शेयर र ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । एनएमबि बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर र ज्योति विकास बैंकले माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया