सानिमा बैंकको डिबेन्चर सूचीकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । पुस २१ गते मंगलबार बाँडफाँड गरिएको ऋणपत्र फागुन ९ गते आइतबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनीको प्रतिनिधि तथा सार्वसाधारणहरुको उपस्थितिमा बिक्री प्रबन्धक एनआईसी एशियाले पुस २१ गते मंगलबार डिबेन्चर बाँडफाँड गरी बैंक सञ्चालक समितिबाट २२ गते उक्त ऋणपत्र बाँडफाँड अनुमोदन भएको थियो ।

बैंकले पुस १ गतेदेखि पुस १५ गतेसम्म एक हजार रुपैयाँ अंकित दरका ४ अर्ब बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको थियो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो ।

सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो । दश वर्ष अवधि रहेको उक्त ऋणपत्रका लगानीकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ ।