सिटिजन्स बैंकमा गाभिने प्रस्ताव पारित गर्दै तिनाउ मिसनको १४औं साधारणसभा सम्पन्न

सिटिजन्स बैंकमा गाभिने प्रस्ताव पारित गर्दै तिनाउ मिसनको १४औं साधारणसभा सम्पन्न


बैकिङ्ग समाचार ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकको चौधौं वार्षिक साधारण सभा माघ १५ गते सम्पन्न भएको छ । साधारणसभाले लाभांश पारित र प्राप्तीको प्रताव पारित गरेको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक ईन्टरनेशनलले १००ः९६ को शेयर अनुपातमा प्राप्ती गर्ने सम्वन्धी प्रस्ताव साधारणसभामा सर्वसम्मतीले पारित भएको बैंकले जानकारी दिएको छ । अव राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुनेछ ।

साथै सेयरधनीलाई गत आर्थिक वर्षकोे मुनाफाबाट ६ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित भएको हो ।
सभामा गत आवको लेखा परीक्षण प्रतिवेदन, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको वारेमा छलफल भएको थियो ।