हिमालयन बैंकबाट लोन लिएर आयसरका सवारीसाधन किन्न सकिने

हिमालयन बैंकबाट लोन लिएर आयसरका सवारीसाधन किन्न सकिने


बैकिङ्ग समाचार । 

आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र ट्रिपरहरु खरिद गर्ने ग्राहकलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैक र बतास अर्गनाईजेशनअन्र्तगत इष्टर्न एजेन्सीबीच फाइनान्स सम्झौता भएको छ । सम्झौतामा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रमशाह तथा ईस्टर्न एजेन्सीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरे ।
ईन्टर्न एजेन्सीले आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु बिक्री गर्ने नेपालको आधिकारीक बिक्रेता हो । आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने व्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको हो ।
सम्झौताअनुसार ग्राहकले सर्व सुलभ ब्याजदरमा अधिकतम ५ वर्ष सम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपालभर रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेशनले जानकारी दिएको छ ।