बैकिङ्ग समाचार ।
नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
दुई संस्थाबीचको संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिएको बैंकले जनाएको छ । सिटी एक्सप्रेस फाइनान्ससँग गरिएको एकीकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास बैंकको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
प्रतिक्रिया