लक्ष्मी लघुवित्तको नाफा साढे २७ प्रतिशतले बढ्यो

लक्ष्मी लघुवित्तको नाफा साढे २७ प्रतिशतले बढ्यो


बैकिङ्ग समाचार ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा साढे २७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको वित्तीय विवरणमा अधिकांश सूचकमा सुधार देखिएको छ।

लघुवित्तले पुस मसान्तसम्ममा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५१ प्रतिशत बढी हो।

गत आवको यहि अवधिमा लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न टेवा पुगेको हो। लघुवित्तको खुद ब्याज आम्दानी २२.८९ प्रतिशत तथा सञ्चालन मुनाफा २७.८९ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी ३२ करोड रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा ४.४२ प्रतिशत छ। जसको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा तथा मूल्य आम्दानी अनुपात २६ रुपैयाँ ३८ पैसा रहेको छ।