बैकिङ्ग समाचार ।
लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरी साधारण सभाबाट अनुमोदन गराएको लाभांश वितरण थालेको छ ।
बैंकको पुस २६ गते, आइतबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत (बोनसमा लाग्ने करसहित) नगद लाभांश क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा वितरण गरिएको हो । १३ औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर भने सिडिएससी र नेप्सेमा सूचीकरण भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
उक्त लाभांश साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरिएको बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।
यसैगरी बैंकले शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।
हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई यथाशीघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।
प्रतिक्रिया