नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब ५४ करोड

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब ५४ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.१० अंकले घटेर एक हजार ८ सय ३७ दशमलब ७१ विन्दुमा बन्द भएको हो ।

आज एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार सिंगटी हाइड्रो इनर्जीको शेयरमूलय आज १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । साथै सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.३६ प्रतिशतले बढेर प्रतिकित्ता ९९९ रुपैयाँ पुगेको छ ।