एनसेलकाे सेयर बिक्रीबारे सरकारलाई जानकारी छैन : अर्थमन्त्री महत

एनसेलकाे सेयर बिक्रीबारे सरकारलाई जानकारी छैन : अर्थमन्त्री महत


काठमाडाैं- अर्थमन्त्री प्रकाशशरण महतले एनसेलकाे सेयर बिक्रीबारे सरकारलाई जानकारी नभएको बताएका छन्।

मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन्। सञ्चारकर्मीको जिज्ञासामा उनले भने ‘हामी सूचना लिइरहेका छौँ। यसको नियमन गर्ने निकाय टेलिकम हो। यो ठूलो किनबेच  गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।’

आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले  यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए।