शेयर बजारमा १७ अंकको गिरावट, कारोबार रकम १ अर्ब माथि

शेयर बजारमा १७ अंकको गिरावट, कारोबार रकम १ अर्ब माथि



बैंकिङ्ग समाचार, काठमाडौं ।
यो साता लगातार घट्दो क्रममा रहेको शेयरबजार नेपाल स्टक एक्स्चेञ्ज नेप्से मा आज पहिरो चलेको छ । १७.९३ अंकले घट्दै नेप्से १८७६.६० अंकमा बन्द भएको हो ।
आज नेप्सेमा कारोबार रकम पनि खुम्चिएको छ । आज १ अर्ब १ करोड ४१ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार भएको शेयर कारोबारमा ४२ कम्पनीका शेयरधनीले कमाएका छन्‌ भने १९० कम्पनीका शेयरधनीले गुमाएका छन्‌ । ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज कारोबार भएकामध्ये विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेर ६५७ रुपैयाँ पुगेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४८ रुपैयाँले घट्दै ६३५ रुपैयाँ कायम भएको छ ।