बैंकिङ्ग समाचार ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले हेटौंडा उपमहानगरपालिका–१८ मा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्दघाटन हेटौँडा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष अनिल बानियाँले गरे ।
नयाँ शाखा सुरु भएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत गर्न सक्नेछन् ।पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्फतसेवा प्रदान गरीरहेको बैंकले करीव ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
प्रतिक्रिया