सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्टबीच युवा परियोजना कर्जा दिने सम्बन्धि सम्झौता

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्टबीच युवा परियोजना कर्जा दिने सम्बन्धि सम्झौता


बैकिङ्ग समाचार ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपाल बीच वैदेशिक रोजगारीबाट फर्केकालाई युवा परियोजना कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौतापछि रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा यो बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा दिने भएको हो।

विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यले बैंकले यो सम्झौता गरेको बैंककाे भनाइ छ।

 

 

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गर्ने छ।

बैंकले देशभरका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ। यो बैंकको १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग इकाइहरु छन्।