एनसीसी बैंकको साधारणसभा आह्वान

एनसीसी बैंकको साधारणसभा आह्वान


बैकिङ्ग समाचार ।

एनसीसी बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकको माघ ९ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा उक्त लाभांश वितरण हुनेछ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा अधिकृत पुँजी १० अर्ब ५० करोड  पुर्याउने, उपयुक्त संस्थासँग गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ। सभाले सर्बसाधारण शेयरधनीको तर्फबाट १ महिला सहित ३ जना र संस्थापक शेयरधनीबाट ३ जना गरि कुल ६ जना संचालकको समेत निर्वाचन गर्ने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस २१ बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।