बैकिङ्ग समाचार ।
नेपाल बङ्गलादेश बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकले पुस २६ गते छब्बिसौँ वार्षिक साधारण सभा डाकेको हो।
सो सभा बिहान ११ः३० बजे शुरु हुने बैंकले जनाएको छ। कोभिड १९ जोखिमका कारण सभामा अनलाइन (जुम क्लाउड मिटिङ्ग) को माध्यमबाट सहभागि हुन सक्ने गरी शेयरधनीहरुलाई मिटिङ्ग आईडी र पासवर्ड उपलब्ध गराउन तथा बैंकको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको छ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने आइएफआइसी बैंकका ए आर एम नजमुस शकिबलाई बैंकको सञ्चालक तथा अध्यक्षमा नियुक्ति गरेको निर्णयलाई अनुमोदन गर्ने, बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित गरी २.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १० गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





About Us
प्रतिक्रिया