मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा


काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन्। पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरीले आज ती केन्द्रको अनुगमन गरेकी हुन्। उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा छ।

अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेका थिइन्। उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेकोमा मन्त्री चौधरीले जोड दिएकी छन्।