काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासनका लागि आवेदन परेका कम्पनीहरूलाई ६ वटा चरणमा वर्गीकरण गरेको छ। सेबोनले सार्वजनिक गरेको निर्देशनमा पहिलो चरणमा ७६, दोस्रोमा ६, तेस्रोमा ४, चौथोमा १९, पाँचौँमा १० र छैटौँ चरणमा २ कम्पनीहरू रहेका छन्।
सेबोनले आईपीओ निष्कासनका लागि स्वीकृत पर्खिएर बसेका ११७ कम्पनीहरू मध्येको छैटौँ अर्थात् अन्तिम चरणमा आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याब परेका छन्। यी दुई कम्पनीले बोर्ड समक्ष कुल २९ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन्। आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले क्रमशः १२ करोड र १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन्।
हाल पाइप लाइनमा आईपीओ निष्कासनका लागि ११७ कम्पनीले बोर्ड समक्ष आवेदन दिएका छन्। ती कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको ५१ करोड ९ लाख ८१ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेका हुन्।






About Us
प्रतिक्रिया