काठमाडौं- बंगालको खाडीमा विकसित भएको ‘अर्नबु’ चक्रवातको पछिल्लो अवस्था, यसबाट नेपालमा उत्पन्न हुनसक्ने विषम मौसमी अवस्था र प्रतिकार्यको तयारीबारे छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक आयोजना गरिएको छ।
बैठकमा मौसम विषमता, बाढीको सम्भावना, पहिरोको जोखिम एवं सडक अवरुद्ध भएमा सुचारु गर्न भएको तयारीबारे सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले जानकारी गएका हुन्।
नेपाल मौसम विज्ञान विभागको प्रतिनिधि एवं उक्त संस्थाको प्रवक्ता विभूति पोखरेलले ‘अर्नबु’ नेपालमा प्रवेश गर्दा कमजोर भइसकेको भए पनि सो को प्रभावले नेपालमा वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिए।
बैठकले जोखिम रहेका जिल्लामा जोखिमबारे निरन्तर सूचना लिइराख्न, सर्वसाधारणलाई सु–सूचित गर्न, पूर्व तयारी गर्न र आवश्यक परे प्रतिकार्यका लागि परिचालन हुन तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई निर्देशन दिएको छ।






About Us
प्रतिक्रिया