काठमाडौं – नेपाल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिकामा रहेका आफ्ना दुई शाखालाई समायोजन गर्ने भएको छ। बैंकले वीरगञ्जस्थित माइस्थान शाखालाई वीरगञ्ज सिटी अफिस शाखामा गाभ्न गर्न लागेको हो।
बैंकले पछिल्लो समय डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको र वीरगञ्ज महानगरपालिकाभित्र वित्तीय संस्थाका शाखा उल्लेख्य मात्रामा रहेकाले शाखा समायोजन गर्न लागेको जनाएको छ। उक्त शाखा वीरगञ्ज महानगरपालिका–४ मा रहेको छ।
समायोजनपछि कात्तिक १६ गते सोमबारदेखि एकीकृत कारोबार सुरु हुनेछ।






About Us
प्रतिक्रिया