नेप्सेमा ४.३४ अंककाे गिरावट, कारोबार रकम ४ अर्ब

१३ उपसूचकमध्ये १० वटा उपसूचक राताम्मे


काठमाडौं – आज साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.३४ अङ्कले घटेर २ हजार ६२९.८२ बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। शिवम् सिमेन्टको २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। माउन्टेन इनर्जीको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन्। सोनापुरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले ७ दशमलव ९२ प्रतिशतका दरले गुमाएका हुन्।