रुकुम पूर्व र बाजुराबाट भरुवा बन्दुक बरामद


काठमाडौं – रुकुम पूर्व र बाजुराबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –६ स्थित दिम्मुरगैरा नजिक बहेली डाँडा जंगलबाट भरुवा बन्दुक १ थान बरामद गरेको छ। प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारेकाे हाे।

यसैगरी, प्रहरीले रुकुम पूर्वको  सिस्ने गाउँपालिका– ५ जनशक्ति सामुदायिक जंगलबाट भरुवा बन्दुक १ थान बरामद गरेको छ। प्रहरी बिट रूमालबाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। 

साथै, प्रहरीले बाजुराको बुढीगंगा नगरपालिका– ९ जुवापानीस्थित पाले सामुदायिक वनबाट भरुवा बन्दुक १ थान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।