काठमाडौं – स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेश कुमार अग्रवालले अहिलेको शेयर बजारको वर्तमान समस्या ‘डिमान्ड साइड’ कमजोर हुँदै जानुलाई लिएका छन्। उपाध्यक्ष अग्रवालले बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्दै यस्तो बताएका हुन्। उनले बैठकमा नेपालको पुँजी बजारमा डिमान्ड साइड कमजोर हुनुका मुख्य कारण प्रि आईपीओमा पैसा जानु, प्रमोटहरूको पैसा निस्कनु, लेनदेन लागतले गर्दा निस्कनु जस्ता कारणलाई लिएका छन्।
साथै, उनका अनुसार शेयर बजार बढ्न नसक्नुको प्रमुख कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हरेक क्षेत्रको वित्तीय नाफामा धक्का पुग्नु हो। बैंक तथा वित्तीय संस्थामा एनपीएलले हिट गरेको छ, इन्स्योरेन्स सेक्टरमा बैंकको रिर्टन जसमा इन्योरेन्स कम्पनीहरू ७५ प्रतिशत लगानी गर्नुपर्छ त्यहाँ बैंकको रिर्टन घटेको छ। त्यस्तै, हाइड्रोपावर सेक्टरमा अहिले बाढीले धक्का दिएको छ यसरी अहिले सबै सेक्टरहरूको ‘पफमेन्स हिट’ गरेको छ।
उनले शेयर बजार बढ्नाका लागि लगानीकर्ताको आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने बताए। यसका लागि सरकार तथा राज्यको हरेक क्रियाकलापले यसलाई बचाउ गर्ने उनको भनाइ छ। त्यस्तै, अर्को अहिले शेयर बजारलाई नयाँ फन्डहरूको आवश्यक छ। त्यसका लागी विश्वव्यापी रूपमा छरिएर बसेको डायस्पोरालाई नेपालमा ल्याउनुपर्छ।






About Us
प्रतिक्रिया