यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.३० अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज ३५७ कम्पनी कारोबारमा आउँदा ७९ कम्पनीको शेयर मूल्य बढ्दा सर्वोत्तम पेन्ट्स, के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त, एभरेष्ट कलर र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि दखिएको छ।

सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सको १४.९५ प्रतिशत, नाडेप लघुवित्तको ६ प्रतिशत, एभरेष्ट कलरको ५.७१ प्रतिशत र कालिनञ्चोक हाइड्रोपावरका लगानीकर्ताले ५.५६ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा धौलागिरि लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीको लगानीकर्ताले १०.०७ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै ७ प्रतिशत नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले ५.०७ प्रतिशतका दरले गुमाएका छन्।