काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पाबीच छुट सम्झौता भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन्। सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।
सम्झौता पत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटि प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन्। यो सम्झौता यही साउनदेखि दुई वर्षका लागि लागू हुने छ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। वरिष्ठ नायव महाप्रबन्धक जोशीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।







About Us
प्रतिक्रिया