बैंकिङ्ग कसुर मुद्दामा ४ करोड ५२ लाख बिगो तोकिएका सन्तोष प्रधान पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसीतुवाचुङ घर भई कागेश्वरी बस्ने सन्तोष प्रधान रहेका छन्। ललितपुर जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा दुई दिन  कैद, १० लाख बिगो र ५० हजार  जरिवाना फैसला  गरेपछि उनी फरार रहेका थिए।

अनुसन्धानको क्रममा उनी जिल्ला प्रहरी परिसर ललितपुरमा १० लाख बिगो,प्रहरी वृत्त बौद्ध, काठमाडौंमा ९ लाख बिगो , प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा ५ लाख बिगो, जिल्ला प्रहरी परिसर, भक्तपुरमा ९ लाख बिगो, प्रहरी वृत्त जनसेवा, काठमाडौंमा १ करोड २५ लाख बिगो  र २ करोड ९४ लाख बिगो तोकिएको खुल्न आएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई गौशलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत ललितपुर पेस गरेको छ।