काठमाडौं – प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
बैंकमा कायम इच्छुक संस्थापक शेयरधनीले संस्थापक शेयर खरिद आजको ३५ दिन भित्र आवेदन दिान सक्नेछन् । बैंकले बिक्री गर्ने संस्थापकहरुको नाम, बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनेको छ । यस्तै बैंकले बिक्रीमा रहेको संस्थापक शेयरको संख्या पनि खुलाएको छैन ।
३५ दिनभित्र कुनै निवेदन प्राप्त हुन नआएमा कानूनी व्यवस्थाअनुसार उक्त संस्थापक शेयरहरु खरिद गरी लगानी गर्न चाहने अन्य नयाँ व्यक्तिहरु बिक्री गर्ने बताएको छ ।







About Us
प्रतिक्रिया