काठमाडौं – कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ५८ हजार २०९ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।
आवेदन दिदा बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं–२, टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।







About Us
प्रतिक्रिया