काठमाडौं – नबिल बैंकले सर्लाही जिल्लास्थित ब्रम्हपुरी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ। बैंकले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२ मा रहेको ब्रम्हपुरी शाखा हाल सञ्चालन भइरहेको स्थानबाट करिब ५० मिटरको दूरीमा रहेको नयाँ भवनमा स्थानान्तरण गर्ने बताएको हो ।
आगामी साउन १८ गते देखि नयाँ शाखाबाट नियमित बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । स्थानान्तरणपछि ग्राहकलाई थप सहज, व्यवस्थित र गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ भवनबाट सेवा सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ।







About Us
प्रतिक्रिया