काठमाडौं – एनएमबी बैंकले खिम्ती–घ्वाङ साना जलविद्युत आयोजनामा १ अर्ब २४ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ। यससम्बन्धी ऋण लगानी सम्झौतामा मंगलबार बैंक र आयोजना प्रवर्द्धक कम्पनीबीच हस्ताक्षर भएको हो।
सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । आयोजना निर्माणका लागि लाग्ने १ खर्ब ८० करोड मध्ये रु। १२४ करोड ऋण लगानीको लागि एनएमबीसँग आज समझदारी भएको हो भने बाँकी ५६ करोड मध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको छ ।
आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ भने आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, निर्माणका लागि पहुँचमार्ग, गोदाम, आवास गृह तथा निर्माण विद्युत जडानको काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
यस आयोजनामा एनएमबि बैंकले एकल रूपमा लगानी गरेको बैंकले जनाएको छ ।








About Us
प्रतिक्रिया