वीरगञ्ज – माछापुच्छ्रे बैंकले आफ्नो आदर्शनगर शाखा अस्थायी रूपमा स्थानान्तरण गर्ने भएको छ । बैंकले वीरगञ्जको मेनरोड विस्तार कार्यका क्रममा आदर्शनगरस्थित शाखा कार्यालय रहेको भवनमा आंशिक क्षति पुगेपछि अस्थायी रूपमा स्थानान्तरण गर्ने भएको हो ।
शाखाबाट प्रदान गरिने ग्राहक सेवा तथा नगद काउन्टर सेवा अस्थायी रूपमा अन्य स्थानबाट सञ्चालन गर्ने जनाएको छ । ग्राहक सेवा तथा नगद काउन्टर सेवा अब ठाकुरराम बहुमुखी क्याम्पस स्थित एक्सटेन्सन काउन्टर तथा लिंक रोडमा रहेको वीरगञ्ज शाखा कार्यालयबाट उपलब्ध हुने उल्लेख छ ।
क्लियरिङ र कर्जा लगायतका अन्य बैंकिङ्ग सेवा भने आदर्शनगर शाखाबाट नै सञ्चालन भइरहेका बैंकले जनाएको छ ।







About Us
प्रतिक्रिया