काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै ८८ करोड ९९ लाख खुद नाफा आर्जन गरेको देखाएको हो ।
अघिल्लो आर्थिक वर्षमा ६० करोड ६७ लाख खुद नाफा आर्जन गरेको थियो । बैंकको आम्दानी बढेसँगै नाफा बढेको हो । बैंकले एक वर्षमा २ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७ करोड १४ लाख ब्याज आम्दानी गरेको थियो ।
बैंकको कुल सञ्चालन आम्दानी पनि २ अर्ब ४६ करोड ११ लाखबाट बढेर २ अर्ब ९५ करोड २७ लाख नाघेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ३५ करोड ३० लाख रहेको छ भने वितरणयोग्य मुनाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। यता बैंकको ईपीएस २३.८३ रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको हो । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख पुगेको छ भने जगेडा कोषमा ४९ करोड २३ लाख र रिजर्भमा २ अर्ब १० करोड २६ लाख सञ्चित छ ।






About Us
प्रतिक्रिया