काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा पवन रेग्मी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले उप–कार्यकारी अधिकृत (डीईओ) रेग्मीलाई डिसीईओ पदमा बढुवा गरेको हो ।
शंकरदेव क्याम्पसमा एमबिएस गरेका उनले अर्थशास्त्रमा एमफिल गरेका छन् । रेग्मी हाल बैंकका सूचना अधिकारी समेत हुन् ।
२०६२ सालमा बैंक छिरेका रेग्मीले बैंकको विभिन्न विभागहरुमा अनुभव बटुलीसकेका छन् ।






About Us
प्रतिक्रिया