अर्थमन्त्री महाधिवेशनमा व्यस्त हुँदा सेबोन अध्यक्ष भट्टको शपथ रोकियो


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष पाएको १ हप्ता बित्न लाग्दा समेत सपथ ग्रहण हुन सकेको छैन। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा व्यस्त रहँदा सेबोन अध्यक्ष डा. गोपाल प्रसाद भट्टको शपथ ग्रहणमा ढिलाई भएको हो।

स्रोतका अनुसार महाधिवेशन सकिएलगत्तै अध्यक्ष भट्टकाे शपथ ग्रहण गराउने तयारी भइरहेको छ। शुक्रबार बसेकाे मन्त्रीपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।