हिमालयन डिष्टिलरीको सीईओमा निरज सुवेदी पुनः नियुक्त


काठमाडौं – हिमालयन डिष्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज सुवेदी पुनः नियुक्त भएका छन्। उनको सेवा अवधि यही असारमसान्तसम्म मात्रै रहेकोमा उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको गत जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले असार १ गते अर्थात् आजको मितिदेखि लागू हुने गरी सुवेदीलाई ५ वर्षसम्मका लागि नियुक्त गरेको हो।