काठमाडौं – नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले राजसंस्था फर्काउन र गद्दीमा राख्नका लागि धवल शमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको बताएका हुन्।
उनले आफूहरुले हिन्दु अधिराज्य कायम गर्ने संकल्प पनि लिएको बताए। सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी देश र जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाइ थियो।
उनले भने‘यहाँ मिल्ने, विग्रने कुरै छैन। विग्रिने के का लागि ? मिल्ने के का लागि ? पहिला उद्देश्य हुनु पर्याे नि। उद्देश्य हामी २ जनाको एउटै छ–नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। यही होइन हाम्रो उद्देश्य ? जुन दिन राजा गद्धिमा बस्नु हुन्छ, राजसंस्था फर्किन्छ र,राजा गद्धीमा बस्छन नि। त्यो दिन दाजु र भाई पहिलो लुगा लगाएर जाउँला नि खप्तड । के विग्रेको छ यहाँ ? कस्ता, कस्ता योगी महात्माहरु खप्तड बसेका हुन् नि त।’





About Us
प्रतिक्रिया