धेरै वर्षदेखि खुम्चिएका छौँ, समस्याको तत्कालै समाधान चाहिएको छः नविन रिजाल


काठमाडौं – रिजालको ग्रुपका अध्यक्ष नविन रिजालले व्यवसायिक क्षेत्रमा देखिएको समस्या तत्काल समाधानको आवश्यक रहेको औँल्याएका छन्। चौथो नेशनल बैंकिङ्ग डिश्कोर्स २०२६ को पहिलो सत्र ‘कहिलेसम्म थुपार्ने बैंकमा पैसा: कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल ?’ मा छलफल गर्दै सो बताएका हुन्।

अध्यक्ष नविन भने, ‘तत्कालै समाधान चाहिएको छ। धेरै वर्षदेखि खुम्चिएका छौँ। पर्यटनमा १२/१३ लाखमा खुसी मनाइरहेका छौँ। एक करोड पर्यटन चाहिन्छ। इलाम, हिले, बडीमालिका लगायतका ठाउँ खाली छन्। राज्यको लगानी नभई पर्यटक भित्र्याउन सकिन्छ। दुई ठुला जनसङ्ख्या भएका मुलुकको बीचमा छौँ।’

उनले भने, ‘कृषिमा सुधार गर्नुपर्नेछ। सिँचाइमा २/३ वर्ष लाग्न सक्छ। बाझो खेत राख्न नपाइने पाँच वर्षे नीति चाहिन्छ। जसले सक्छन् सक्छन् नसक्नेले लिजमा दिनुहुन्छ।’

Skip This