चितवन – ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ। त्यही औषधि भरतपुर अस्पतालले १.१२ रूपैयाँमा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले १५६ रूपैयाँमा बिक्री मूल्य तोकेको छ। सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला ?
भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो। यसरी हेर्दा भरतपुर अस्पतालले खरिद गरेको मूल्य र औषधिको एमआरपी (खुद्रा मूल्य) हेर्दा आठ गुणभन्दा बढी फरक परेको छ।
उक्त औषधि मात्रै होइन, प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य ३५ प्रति रुपैयाँट्याबलेट पर्ने औषधि स्वास्थ्य बिमाले सात रुपैयाँ तोकेको छ। अस्पतालले बिमाबाहेककालाई ७.१५ रूपैयाँमा कोलेस्ट्रोलका लागि प्रयोग हुने रोजोभास्टिन २० एमजीको खुद्रा मूल्य ३८ रूपैयाँ छ भने स्वास्थ्य बीमाले ३.३८ र भरतपुर अस्पतालले त्यही औषधि १।७२ रूपैयाँमा कलेजोका औषधि युविलिक ३०० एमजी बजार मूल्य ४० छ भने स्वास्थ्य बिमाले ४.०५ र भरतपुर अस्पतालले ११.२६ रुपैयाँमा बिक्री गर्छ।
दम हुँदा तान्ने सेरिडिल २५० को रोटा क्यापको बजार मूल्य प्रतिबट्टा ६०८ छ भने स्वास्थ्य बिमाको ३२३.४० रूपैयाँ र भरतपुर अस्पतालको ३७७.९० रहेको छ। मधुमेहका बिरामीले खाने इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य ३० रूपैयाँ स्वास्थ्य बीमाको १०.५० रूपैयाँ र भरतपुर अस्पतालको १६.९५ रूपैयाँ छ।
अर्का भिटामिन बि १२ का लागि प्रयोग हुने मिथायल कोवालामिन १५०० एमजिीको बजार मूल्य १९.८० रूपैयाँ, स्वास्थ्य बीमा बोर्डले २.७० रूपैयाँ र भरतपुर अस्पतालले१०.५३ रूपैयाँमा बिक्री गर्दै आएको छ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.विश्ववन्धु बगाले बीमाको दररेटमा कतिपय औषधि बिक्री गर्न कठिन हुने बताउँछन्। बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा जोडेर हुने मूल्य वा बीमाले तोकेको मूल्य जुन सस्तो छ बिमाका बिरामीका लागि सोही आधारमा औषधि बिक्री गर्ने गरेको उनले बताए।
बगालेले आफू आए लगत्तै खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नहुने गरी दररेट निर्धारण गरेको हुँदा कतिपय औषधिमा बिमाले तोकेकोभन्दा सस्तो दररेटमा औषधि बिक्री गर्न कठिन हुने बताए। नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का महासचिव सन्तोष बराल बजार मूल्यको आधारभन्दा सस्तोमा औषधि बिक्री गर्दा नोक्सान हुने बताउँछन्।
औषधि उत्पादकले थोक बिक्रेतालाई र थोक बिक्रेताले खुद्रा बिक्रेतालाई औषधि बिक्री गर्दछन्। उत्पादक कम्पनीले धेरै मिहिनेत गर्ने हुँदा लागत मूल्य निकै कम हुने औषधिको बजार मूल्य धेरै महँगो हुने गरेको गुनासो आउने गर्दछ। यद्यपी औषधिको नियम र बजार मूल्य सरकारी निकायबाट तय हुने गर्दछ।








About Us
प्रतिक्रिया