चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श सुरु, सांसद झाले गरे उद्घाटन


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ सुरू भएकाे छ। बैंकिङ्ग समाचार डटकमको आयोजनामा काठमाडौंको म्यारियट होटलमा सुरु भएको डिस्कोर्शको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गरेका हुन्।

डिस्कोर्शमा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहेको छ।

यस कार्यक्रममा नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिः आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।

Skip This