काठमाडौं – चक्रपथअन्तर्गत बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकाशे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन्। २०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थप भइसकेको छ भने नवौँपटक थप्ने तयारी भइरहेको छ। हालसम्म तीनवटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको बताइएको छ।
बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पुलका खम्बा तथा र्याम्प निर्माण भएपनि अन्य काम अझै बाँकी छन्। चक्रपथ सुधार योजनाका प्रमुख इन्जिनियर आशिका पोखरेलका अनुसार पुलमा जडान हुने रेलिङलगायतका सामग्री कारखानामा निर्माण भइरहेका छन् र असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तीनवटै पुलको निर्माण लागत करिब चार–चार करोड रुपैयाँ रहेको छ। प्रारम्भिक सम्झौताअनुसार २०७५ सालमै काम सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेको छैन। आकाशे पुल निर्माणमा भएको ढिलाइका कारण व्यस्त चक्रपथमा पैदल यात्रुहरू जोखिम मोलेर सडक पार गर्न बाध्य छन्।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी


















About Us
प्रतिक्रिया