काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को तेस्रो सत्रको मोडरेटरमा सञ्चारकर्मी निकेश खत्री रहने भएका छन्। खत्रीले बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजको आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्रको मोडरेटरको भूमिका निर्वाह गर्ने भएका हुन्।
बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सका समाचार प्रमुख खत्रीले विकास बैंकहरूको दिगोपन– योगदान, प्रतिस्पर्धा र नीति विषयक सत्रमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। करिब एक दशकदेखि आर्थिक पत्रकारितामा आबद्ध खत्री आर्थिक पत्रकार संघ (नाफिज) का महासचिव समेत हुन्।
यो सत्रमा छलफलका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक,विश्रुत थापा, कामना सेवा विकास बैंकका अध्यक्ष, सुदीप आचार्य, डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयाेग श्रेष्ठ र एक्सेल विकास बैंकका सीईओ डा.इन्द्र कुमार कट्टेल सहभागी हुनेछन्।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्य: एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया