काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को पहिलो सत्रकाे मध्यस्थकर्ता (मोडरेटर) काे भूमिकामा सञ्चारकर्मी टिकाराम यात्री रहने भएका छन्। यात्रीले बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको पहिलो सत्र कहिलेसम्म थुपार्ने बैंकमा पैसा: कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबलमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने भएका हुन्।
यो सत्रमा छलफलका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, गुरुप्रसाद पौडेल, अर्थमन्त्रालयका सहसचिव, महेश आचार्य रिजल्को ग्रुपका अध्यक्ष, नवीन रिजाल र नबिल बैंक सीईओका मनोज कुमार ज्ञवाली सहभागी हुनेछन्।
पछिल्लो समयमा जनप्रिय प्रस्तोताका रूपमा परिचित यात्रीले रेडियो टेलिभिजन लगायतका आमसञ्चारका माध्यममा दुई दशकभन्दा बढी बिताइसकेका छन्। हाल उनले आफ्नै नेतृत्वमा ‘कठघरा’ नामक कार्यक्रम चलाइरहेका छन्। यसअघि उनले ‘तमसोमा ज्योतिर्गमय’ नामक कार्यक्रम सञ्चालन गरेका थिए।
झापाको गौरादहमा जन्मिएका यात्री एपीवान एचडी टेलिभिजनका पूर्व प्रधान सम्पादक हुन्। राजनीति शास्त्रमा स्नातकोत्तर गरेका यात्री विश्व राजनीति, अर्थव्यवस्था, पूर्वीय दर्शनमा समेत रुचि राख्छन्। यात्री २०१८ मा विश्व युवा शान्ति पुरस्कारबाट समेत सम्मानित भएका थिए।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसा: कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्य: एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपन: योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया