काठमाडौं – अभिनेता राजेश हमालले नेपालको सीमा सम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक विषय भएको बताएका छन्। शुक्रबार सीमाका विषयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै राजेशले उक्त कुरा बताएका हुन्।
उनले आजको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी र दूरदर्शी हुनुपर्ने बताएका छन्। राजेशले लेखेका छन्,’आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।’
सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिको विरोध भइरहेका बेला अभिनेता राजेश हमालले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेअनुसार सीमा सम्बन्धी बहसमा प्रायः ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ लाई एउटै अर्थमा बुझ्ने गरिए पनि यी दुईको प्रकृति पूर्णतः फरक छ। राजेशले सीमापार अतिक्रमणलाई स्थानीय र प्रशासनिक प्रकृतिको समस्या भनेका छन्।
अगाडि लेखेका छन्, ‘यी घटनाहरू प्रायः नीतिगत होइनन्, भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम हुन्। यिनीहरू रणनीतिक विस्तारका प्रयासभन्दा बढी प्रशासनिक र स्थानीय प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ।’








About Us
प्रतिक्रिया