काठमाडौं – कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य निरन्तर उकालो लागेको छ। कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएदेखि निरन्तर बढेर ७५७.६० रुपैयाँमा पुगेको छ।
यो समाचार तयार पर्दासम्ममा कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर ७५७.६० रुपैयाँमा पुगेको हो। जेठ १२ गतेदेखि नेप्सेमा पहिलो कारोबार सुरु गरेको यस कम्पनीको हरेक दिन कम्पनीको शेयर मूल्य बढेको नेप्से तथ्याङ्कले देखाउँछ।
कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा आफ्नो पहिलो कारोबार सुरु गरेको थियो। गत जेठ ८ गते कम्पनीले सर्वसाधारणमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
११ लाख नाफा
यस कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सो अवधिसम्ममा जम्मा ११ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ। जबकि, कम्पनीले असार मसान्तसम्ममा यस्तो नाफा २ करोड ३३ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ०.२९ पैसा रहेको छ भने प्रतिशेयर कुल सम्पत्ति २९२.६५ रुपैयाँ रहेको छ।





About Us
प्रतिक्रिया