बजेटबाट सूचना चुहिएपछि जाँचपास भएका विद्युतीय सावरी सशस्त्रको नियन्त्रणमा


काठमाडौं – सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सावरी भन्सार प्रक्रिया पूरा नगरी ल्याइएको पाइएको छ । विद्युतीय सावरी करमा हेरफेर हुने बजेटको सूचना बजेट भाषण हुनु अगाडी नै लिक भएपछि भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्राइएको विद्युतीय सवारी साधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो। 

गोप्य सूचनाका आधारमा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएको विद्युतीय सवारी साधन सशस्त्रले नियन्त्रणमा लिएको छ। सशस्त्रले भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएको ७७९वटा विद्युतीय सावरी साधन नियन्त्रणमा लिएको सशस्त्र बलका प्रवक्ता विष्णु प्रसाद भट्ट बताउँछन्। 

सशस्त्र बलले कोरला नाकाबाट ७७५ वटा, दुई वटा  केरुङबाट र २ वटा चेभार बाट  नियन्त्रणमा लिएको उनले बताएका छन्। गोप्य सूचनाका आधारमा ती सवारी साधन नियन्त्रणमा लिएको उनले बताए।

बजेटमा इलेक्ट्रिक सवारी साधनमा पिकपावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरिने बताइएका थियो। साथै, यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेसन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको बजेटमा भनिएको छ। 

सोही, बजेटको सूचना चुहिएपछि चीनबाट भन्सार प्रक्रिया पूरा नगरी भित्रिएका गाडी सशस्त्रले समातेको हो। ती सवारी नियन्त्रणमा लिएर अर्थ मन्त्रालयको मातहतमा एउटा समिति बनाएर थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्ट बताए।