एसएसपी दिलीप घिमिरेले सम्हाले काठमाडौंको कमाण्ड


काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले सम्हालेका छन्। बिहीबार उनले परिसरको नेतृत्व सम्हालेका हुन्।

गृह मन्त्रालयले गत सोमबार उनको परिसरमा सरुवा गरेको हो। घिमिरेको सरुवासँगै यसअघिका प्रमुख तथा एसएसपी रमेश थापा ९ महिना कार्यकाल पूरा गरेर बिदा भएका छन्।

यसअघि एसपीमा इलाम जिल्लामा कार्यरत हुँदा घिमिरे उत्कृष्ट जिल्ला इन्चार्जका रुपमा पुरस्कृत भएका थिए।