बैंकिङ्ग डिस्कोर्शको ‘टेक्नोलोजि पार्टनर’ मा न्यूरोजिन ग्रुप


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शको ‘टेक्नोलोजि पार्टनर’ मा न्यूरोजिन ग्रुप आवद्ध हुने भएको छ। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको आयोजनामा यही जेठ २७ गते हुनेछ। विगतका वर्षमा राष्ट्रिय स्तरका कम्पनी मात्रै सहभागी हुने यस डिस्कोर्शमा यस वर्ष भने मलेसियन कम्पनी डिस्कोर्शमा आवद्ध हुने भएको हो।

न्यूरोजिन मलेसियाको एक फिनटेक कम्पनी हो। सन् २०१४ मा स्थापना भएको सो कम्पनीले देशको बैंक, वित्तीय संस्था, सरकार तथा व्यवसायहरूका लागि डिजिटल बैंकिङ्ग र भुक्तानीमा रहेका समस्याहरुको समाधान गर्दै आइरहेको छ। यतिमात्रै नभई कम्पनीले क्रस बोर्डर भुक्तानीमा समेत महत्वपूर्ण योगदान दिएको छ।

डिस्कोर्शमा कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरु तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। डिस्कोर्शमा चारवटा सत्रगत विशेष छलफल हुनेछ।

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्ष अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।