चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता, ट्राफिक प्रहरीलाई खाँदा लगाएर धन्यवाद


काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

आज आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो।

आफ्नो सवारी साधन फिर्ता पाएपछि सवारीधनीहरूले ट्राफिक प्रहरीलाई खाँदा लगाई धन्यवाद व्यक्त गरेका थिए।