हिमालयन इन्भेष्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी नियुक्त


काठमाडौं – हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शैलेश सुवेदी नियुक्त भएका छन्। बैंकको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओमा सुवेदीलाई नियुक्त गरेको हो।

यसअघि बैंकका पुर्व सीईओ सुमेर शमशेर राणालाई पदबाट बर्खास्त गरेसँगै रिक्त रहेको सो पदमा सुवेदी नियुक्त भएका हुन्। सुवेदीलाई सीईओ पदको कार्यभार सम्हालेको मितिदेखि लागूहुने गरी चार बर्षको लागी नियुक्त गरेको हो।

साथै, सुवेदीले आफ्नो कार्यभार असार १५ गतेभित्र भित्रमा सम्हाल्ने समेत बैंकले जनाएको छ।