कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु


काठमाडौं – रोजगारीको प्रलोभनमा पारी भारतको कुशीनगर क्षेत्रमा लगेर ४५३ जना नेपालीलाई बन्धक बनाइएको घटनामा सोही उद्धार गरिएका व्यक्तिहरूमध्ये १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।  

नेपाली राजदुतावास नयाँ दिल्लीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले उद्धार गरिएका व्यक्तिहरूमध्ये ६ जना महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो। 

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता दिनेश बहादुर कुँवरका अनुसार ५ जना माथि ठगी केसमा अनुसन्धान भइरहेको छ।